१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार १८:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २९ बिहीबार १८:३२:००

सरकारले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्य रहेको समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिले नेपाल–भारतबीचका सन्धि, सम्झौता र समझदारीपत्र, तत्कालीन इस्टइन्डिया कम्पनी ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्रचारहरूको सक्कल कागजात र नभए प्रतिलिपि खोज्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्तै सार्वजनिक निकायलगायत विभिन्न संघसंस्था, व्यक्ति, स्वदेशी तथा विदेश पुस्तकालय एवं अभिलेखालयबाट सीमा क्षेत्रसँग सम्बन्धित सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्ताबेज पनि खोज्नेछ ।

अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर, तिरोभरो आदि तिरेका रसिद, भर्पाइ पत्र वा आदेशको पनि खोजबिन गर्नेछ ।