मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार ११:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचार मुद्दामा जेल परेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी जेलमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार ११:१६:००

भ्रष्टाचार मुद्दामा जेल परेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी जेलमुक्त भएका छन् ।

अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । 

जेल सजाय भुक्तान गरेपछि उनी छुटेको डिल्लीबजार कारागारका निमित्त जेलर सीता अधिकारीले बताइन् । चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा  पुनरावेदन माग गरेका थिए ।

अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।  

प्रहरीको सुडानस्थित शान्ति मिसनलाई खरिद गरेको एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता गरेको अभियोगमा उनीसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो । चन्दलाई सर्वोच्चले १७ वैशाख ०७४ मा एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनले ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

यसअघि विशेष अदालतले मागेको धरौटी तिर्ने क्रममा उनी केही दिन थुनामा बसेका थिए । 

सोही मुद्दाका कारण उनले प्रहरी महानिरीक्षक पद गुमाएका थिए ।

मुद्दा चलाउनु केही दिनअघि उनलाई सरकारले महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

सुडान भ्रष्टाचार प्रकरणमा पूर्वआइजिपी ओमविक्रम राणा, हेम गुरुङ, पूर्वएआइजीहरू श्यामसिंह थापा र दीपकसिंह थाङदेन, पूर्वडिआइजी दीपककुमार श्रेष्ठ तथा पूर्वएसएसपी रवि राणा जेल बसेर छुटिसकेका छन् । ठेकेदार माइकर राडार छन् । उनका नेपाली प्रतिनिधि शम्भु भारती गत वर्ष पक्राउ परेकोमा सर्वोच्चको आदेशमा धरौटी बुझाएर मुक्त भएका थिए ।