Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २९ बिहीबार १०:३६:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग

प्रेरक प्रसंग : विवाहबारे सुकरातको सल्लाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २९ बिहीबार १०:३६:००

दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । सबैले आ-आफ्नै ढंगले सल्लाह दिए । कसैले विवाह नगरी नहुने सल्लाह दिए भने कसैले विवाह गरेर झन्झटमा नफस्न सल्लाह दिए । 

सबैको सल्लाहपछि उनी बिहे गरौँ कि नगरौँ भनेर बडो धर्मसंकटमा परे । उनले यसबारे उचित निर्णय लिन सकेनन् । त्यसैले, उनी गुरु सुकरातबाट यस विषयमा सल्लाह लिने निर्णयमा पुगे । सुकरातको वैवाहिक जीवन सुखद थिएन, अत्यन्त कष्टप्रद थियो ।

त्यसैले, सबैले यस विषयमा उनले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने सोचेका थिए । तर, शिष्यको जिज्ञासा सुनिसकेपछि सुकरातले शान्त भावमा उत्तर दिए- तिमीले विवाह गर्नुपर्छ बाबु ! गुरुको सल्लाह सुनेपछि शिष्यले प्रश्न गरे- तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि गुरु ?

शिष्यको प्रश्न सुनेपछि सुकरात मुसुक्क हाँसे र जवाफ दिए- तिमीलाई असल पत्नी प्राप्त भएको अवस्थामा तिम्रो जीवन सुखमय हुनेछ । तिमीलाई सफलतातर्फ लम्किन सहज हुनेछ । किनकि, तिम्रो सफलताका पछाडि तिनै पत्नीको हात हुनेछ । केही गरी मेरीजस्ती कर्कस र दुर्मुखा पत्नी प्राप्त भएको अवस्थामा तिमी दार्शनिक बन्न सक्छौँ । अर्थात्, विवाह कुनै पनि कोणबाट घाटाको व्यापार होइन । घर जाऊ र खुरुक्क विवाह गर ।