१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २८ बुधबार २०:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरिता गिरीमाथि कारबाही हुने डा. बाबुरामको संकेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २८ बुधबार २०:४७:००

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरिता गिरीमाथि कारबाही हुने संकेत गरेका छन् । 

गिरीले नेपालको नक्सासम्बन्धी संशाेधन प्रस्तावको खारेजीको माग गर्दै संसदमा प्रस्ताव दर्ता गराएपछि भट्टराईले बुधबार साँझ ट्विटमार्फत भनेका छन्, जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो। यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुऱ्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन्। जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन्। कसैलाई कुनै भ्रम नहोस् ।’

यसअघि पार्टीका पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए । संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी छ । तर, गिरीले आफू आफ्नो अडानबाट पछाडि नहट्ने बताएकी छिन् ।

गिरीले बुधबार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै  संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन गर्नुपरेको उनको तर्क छ । संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निसान छाप परिवर्तन गर्ने प्रस्तावसहित सरकारले विधेयक दर्ता गराएको थियो ।

गिरीको अभिव्यक्ति र कदमले पार्टीको बदनाम भएको भन्दै जसपाभित्र उनलाई कारबाही गर्नसमेत दबाब उठेको छ ।

थप समाचार

पार्टीको निर्देशनपछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ

जसपाले भन्यो– ...नत्र सरिता गिरीमाथि कारबाही

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन

संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै सरिता गिरीले दर्ता गरिन् संशोधन प्रस्ताव