१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ २८ बुधबार २०:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाटन अस्पतालको आइसियूबाट मेसिन चोरेको आरोपमा चिकित्सक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ २८ बुधबार २०:०१:००

ललितपुरस्थित पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा चिकित्सक डा. प्रवीण मिश्र र रमेशकुमार शर्मा पक्राउ परेका छन् । 

पक्राउ परेका चिकित्सक डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत रहेको खुलेको छ । पक्राउ परेका शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव हुन् ।

आफूहरू कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले चोरीको मेसिन बानेश्वरस्थित आफन्तको डेरामा राखेका थिए । बर्दिबासको आफ्नो अस्पतालमा जडान गर्नका लागि मेसिन चोरी गरेको अनुसन्धानमा खुलेको छ ।

२० लाख ७९ हजार रुपैयाँ पर्ने सो मेसिनलाई स्वास्थ्यकर्मी व्यस्त रहेको मौकामा उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । 

गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानबाट सोही अस्पतालमा कार्यरत चिकित्सकको संलग्नता देखिएकाले पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले बताए । 

उनीहरूलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । मेसिन पनि प्रहरीले बरामद गरेको छ ।