१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २८ बुधबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार

संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई समाजवादी पार्टीको निर्देशन

फिर्ता नलिए कारवाही गर्ने चेतावनी

Read Time : < 1 मिनेट
२०७७ जेठ २८ बुधबार १७:५६:००

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गरेको प्रस्ताव फिर्ता लिन उनको पार्टीले निर्देशन दिएको छ । समाजवादीले सरकारी विधेयकको समर्थन गरेको छ भने असन्तुष्ट सांसद गिरीले बुधबार संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन प्रस्ताव दर्ता गर्नुपरेको गिरीको दाबी छ । 

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । उनले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

यसैबीच, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ र प्रमुख प्रतिपक्षी दल कांग्रेसको युवा संगठन नेपाल तरुण दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गिरीलाई कारबाहीको माग गरेका छन् ।