मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ जेठ २८ बुधबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै सरिता गिरीले दर्ता गरिन् संशोधन प्रस्ताव

Read Time : < 1 मिनेट
२०७७ जेठ २८ बुधबार १७:४३:००

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेज गर्न जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी छिन् । उनले बुधबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन गर्नुपरेको उनले उल्लेख गरेकी छिन् । संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निसान छाप परिवर्तन गर्ने प्रस्तावसहित सरकारले विधेयक दर्ता गराएको थियो । 

सरकारी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएसँगै संशोधन गर्न सांसदहरूले ७२ घन्टाको समय पाउनेछन् । 

प्रतिनिधिसभाबाट  संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार सभामुखले संविधान संशोधन प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् ।