१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ

सिटिसी मोबाइल हबमा मेगा एक्सचेन्ज मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार ०६:२५:००

सुन्धारामा रहेको सिटिसी मोबाइल हबमा मेगा एक्सचेन्ज मोबाइल मेला सुरु भएको छ । मोबाइल हबमा शनिबारदेखि एकहप्ते मोबाइल एक्सचेन्ज मेला सञ्चालन भएको हो । 

मेलामा मोबाइल एक्सचेन्जका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा अफरसमेत रहेको बताइएकोे छ । मोबाइल मेलामा ग्याजेट पारखीहरूले आफूलाई मनपरेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आइफोन, आइप्याड, म्याकलगायत सामग्री किस्ताबन्दीमा समेत किन्न पाउनेछन् । त्यस्तै मेलामा जस्तोसुकै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने पनि आयोजकले जानकारी दिएको छ ।