मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २८ बुधबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार

सरकारको कामबाट शतप्रतिशत सन्तुष्ट त छैन, तर अधिकतम सन्तुष्ट भने छु : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७७ जेठ २८ बुधबार १३:३५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबाट शतप्रतिशत सन्तुष्ट नभए पनि अधिकतम सन्तुष्ट रहेको बताएका छन् । 

संसदमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ  दिँदै उनले जस्तो परिस्थितिमा सरकार गठन र चलेको छ, यस्तो अवस्थामा पनि अधिकतम काम गर्न सकेको भन्दै सन्तुष्टि जनाएका हुन् । 

‘अहिलेको कठिन परिस्थितिमा योभन्दा बढी गर्न सकिँदैनथ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अधिकतम काम गरेकाे छ, उपलब्धिहरूको चर्चा ओझेलमा पार्ने र अनेक–कनेक कुरा गर्न थालिएको छ ।’