मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७७ जेठ २८ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार

दधिकोटको गाईफार्ममा आगलागी, आठ लाखको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७७ जेठ २८ बुधबार १३:१६:००

भक्तपुरको सूर्यविनायक नगरपालिका– ४, दधिकोटमा रहेको एक गाईफार्ममा आगलागी हुँदा आठ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । 

मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा साढे पाँच लाख रुपैयाँका गाई, बाच्छा र कुखुरा तथा तीन लाख २० हजार रुपैयाँको भुस, पराल, टहरा जलेर नष्ट भएका हुन् । विष्टले जस्ता र बाँसले बनाएको एकतल्ले टहरामा गाईपालन गरेका थिए । 

राति ११ः३० बजेबाट सल्किएको आगो १ः१५ मा मात्रै नियन्त्रणमा लिइएको थियो । टहरामा ६ वटा माउ गाई, तीनवटा बाच्छाबाच्छी, ४० वटा स्थानीय जातका कुखुरा रहेकोमा चारवटा गाई र दुईवटा बाच्छाकाे जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।