मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २८ बुधबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार

भारतले सेना परिचालन गरी कब्जा जमाएको भूमि फिर्ता ल्याउन अहिले केन्द्रित भएका हौँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २८ बुधबार १३:१०:००

प्रधानमन्त्री ओलीले कूटनीतिक वार्ताका माध्यमबाट गुमेको नेपालको भूमि फिर्ता ल्याउने विषयमा विश्वास व्यक्त गरेका छन् । 

बुधबार संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै कूटनीतिक प्रयासबाट भारतसँग वार्ता गरी गुमेको भूमि फिर्ता ल्याउन सकिनेमा विश्वस्त रहेको उनले बताएका हुन् ।

हाल भारतीय पक्षले सेना राखेर कब्जा जमाएको भूभाग फिर्ता ल्याउन खोजिएको उनले बताए ।  

भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र फिर्ता ल्याउन मुख्य पहल गरेको उनकाे भनाइ थियाे  । 

यो क्षेत्रमा भारतले सेना नै राखेर ठूलो भूमि कब्जा गरेकोजस्तो अवस्था अन्य क्षेत्रमा नभएकाले अहिले तत्काल यस क्षेत्र फिर्ता ल्याउन सरकारले पहल गरेको भनाइ प्रधानमन्त्रीको छ । 

सुस्तालगायत अन्य क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्तो धेरै भूभाग कब्जामा परेको नभएको भन्दै अन्य विषयमा पनि क्रमशः कुरा गर्दै जाने बताए । 

हाल प्राथमिकतामा परेको आधारमा कब्जा नै भएको क्षेत्र फिर्ता ल्याउने विषयमा सरकार  केन्द्रित रहेको प्रधानमन्त्रीले बताए ।