१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ २८ बुधबार १३:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कालिकोट टिपर दुर्घटना : २२  जनाको सकुशल उद्धार 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ २८ बुधबार १३:००:००

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका– १ लालीघाटको कर्णाली करिडोरअन्तर्गत भएकाे टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । करिब ३९ जना सवार  ना.८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको हो ।  

२२ जना यात्रुको  सकुशल उद्धार गरिएको र ६ जना बेपत्ता  रहेको जिल्ला प्रहरी कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । दुर्घटनामा अन्य नाैजना घाइते भएका छन् ।  बेपत्ताको खोजीकार्य जारी छ । घाइतेलाई  उपचारका लागि जिल्ला अस्पताल लगिएको ओलियाले बताए  ।  टिपरचालक भने फरार रहेको  प्रहरीले जनाएको छ ।