१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ २८ बुधबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार

३९ जना सवार टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु , ३२ बेपत्ता

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ २८ बुधबार १२:३७:००

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटको कर्णाली कोरिडोरअन्तर्गत टिपर दुर्घटनामा परेको छ । टिपर कर्णाली नदीमा खसेको हो । टिपर कर्णाली नदीमा खस्दा करिब ३२ जना बेपत्ता भएको चेम्बर अर्फ कमर्सका कालिकोटका अध्यक्ष हस्तबहादुर बमले बताए । 

कालिकोटको राजकोट नगरपालिकाले दुर्घटनामा दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ । चारजना घाइतेको उद्धार गरिएको छ । अन्य चारजना घाइते भएका छन् । करिब ३९ जना सवार रहेको ना.८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए ।