मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ जेठ २८ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
समाचार

मदिरा बिक्री गर्ने तीनजना प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ जेठ २८ बुधबार ११:११:००

सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी मादक पदार्थ बिक्री–वितरण गर्ने तीनजनालाई डडेल्धुरा प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

 भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले चेकजाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुईजनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका– ५ कीर्तिपुर र तुफानडाँडा बजारबाट दुईजनालाई मदिरा बिक्री–वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । 

पक्राउ पर्नेमा अमरगढी नगरपालिका– १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५ का दानबहादुर बोहरा र जनकसिंह विष्ट  छन् । पक्राउ परेका तीनजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत सात/सात दिन कैद सजाय तोकिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।