१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ जेठ २७ मंगलबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

डडेल्धुराका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा देखियो कोरोना 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ जेठ २७ मंगलबार १६:२०:००

डडेल्धुराका एक जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । सोमबार कोरोना पुष्टि भएका तीनजनामध्ये एकजना जनप्रतिनिधि रहेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मतबहादुर धामीले जानकारी दिए । 

कोरोना देखिएका ५७ वर्षीय जनप्रतिनिधि परशुराम नगरपालिकाका नगर कार्यपालिका सदस्य हुन् । उनी त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका थिए । अन्य २० र २५ वर्षीय पुरुष दुवैजना भारतबाट आएका हुन् । उनीहरू पनि क्वारेन्टाइनमै बसिरहेका व्यक्ति हुन् । डडेल्धुरामा सोमबार सातजनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये तीनजना परशुराम नगरपालिकाका थिए । 

यस्तै, डडेल्धुरा सदरमुकामस्थित एक निजी मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । अमरगढी स्वास्थ्य शाखाका अनुसार संक्रमित २० वर्षीया अनमी अमरगढी–५ डडेल्धुरा अस्पताल रोडमा रहेकाे एक निजी मेडिकलमा कार्यरत हुन् । कोरोना भाइरसको लक्षण देखिएपछि उनको आरडिटी गरिएको थियो । आरडिटीमा पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । धनगढीमा भएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ  ।