Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल
२०७५ मङ्सिर ८ शनिबार ०६:१५:००
Read Time : > 1 मिनेट
ब्लग

३२ मुलुक पुगिसकेँ रारा गएको छैन : राजन सिम्खडा

Read Time : > 1 मिनेट
नवीन अर्याल
२०७५ मङ्सिर ८ शनिबार ०६:१५:००

-कत्तिको घुमफिर गर्नुहुन्छ ?

मज्जाले घुमफिर गर्छु । नेपालका धेरैजसो पर्यटकीय गन्तव्य पुगिसकेको छु । धेरै मुलुक घुमेको छु । अहिले पनि समय मिलाएर घुम्न निस्कन्छु ।

-तपाईं नपुगेको महत्वपूर्ण गन्तव्य ?

रारा र कञ्चनजंगा अझै पुगेको छैन । राराको खुब तारिफ सुन्छु । छिट्टै दुवै ठाउँ जाने सोचमा छु ।

राजन सिम्खडा, अध्यक्ष अर्थवाउन्ड एक्स्पिडिसन

-नेपालका कुन–कुन ठाउँ पुग्नुभयो ?

अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, लाङटाङ, गणेश हिमाल, मुस्ताङ, हुम्ला सिमिकोट, तानसेन, पोखरा, लुम्बिनी, सौराहालगायत ठाउँ पुगेको छु ।

-मन परेको ठाउँ ?

लाङटाङको तेन्जिन गोम्पा बढी मन पर्‍यो । यो सुन्दर उपत्यका हो । वरिपरि हिमाल छन् । ३८ सय मिटर उचाइमा छ । त्यहाँ जो कोही पुग्न सक्छ । सगरमाथाको तेङबोचे पनि मन
प¥यो । धर्तीमा स्वर्गको टुक्रा छ भने त्यो तेङबोचे नै हो । त्यहाँ एउटा गुम्बा छ । सगरमाथा क्षेत्रकै राम्रो गुम्बा हो । त्यहाँबाट आमादब्लम हिमाल र सगरमाथा देखिन्छ । वैशाख–जेठतिर लालीगुराँस फुल्दा धेरै सुन्दर देखिन्छ त्यो ठाउँ ।

-अहिलेसम्म कति मुलुक पुग्नुभयो ?

अहिलेसम्म ३२ मुलुक पुगिसकेँ । युरोपका प्रायः मुलुकमा पुगिसकेको छु । अमेरिका, जापान, श्रीलंका, कम्बोडिया, लाहोर, कोरिया, मलेसिया, न्युजिल्यान्डलगायत मलुक पुगेँ ।

-कुन देश बढी मन पर्‍यो ?

सुन्दरताको हिसाबले न्युजिल्यान्ड र स्विट्जरल्यान्ड मन पर्‍यो । दुवै मुलुक नेपालजस्तै छन् । न्युजिल्यान्डमा समुद्र पनि छ, हिमाल पनि । स्विट्जरल्यान्ड नेपालजस्तै ल्यान्डलक मुलुक हो । त्यहाँ पूर्वाधारका कारण पर्यटकीय गन्तव्यको भरपुर उपयोग भइरहेको छ ।

हिमालसम्म पुग्न केबलकार छन्, हिमालको पनि अधिकतम उपयोग भइरहेको छ । स्विट्जरल्यान्डले पर्यटन पूर्वाधारमा छलाङ नै मारेको छ ।

-नेपालमा घुम्नका लागि कुन–कुन गन्तव्य सिफारिस गर्नुहुन्छ ?

म ट्रेकिङ गर्न बढी जोड दिन्छु । घुम्नका लागि मुस्ताङ असाध्यै राम्रो गन्तव्य हुन सक्छ । रारा जान नपाए पनि सुन्दरता भएको सुनेको छु । लाङटाङ पनि ट्रेकिङका लागि उत्कृष्ट छ । मलाई सहरमा पोखरा बढी मन पर्छ ।

-तपाईंको विचारमा ट्रेकिङ गर्ने उत्कृष्ट रुट कुन हो ?

माथिल्लो मुस्ताङ, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, लाङटाङ, हुम्ला, गणेश हिमाल क्षेत्र, रोलवालिङलगायतका ठाउँ ट्रेकिङका लागि उत्कृष्ट रुट हुन् । पछिल्लो समय मार्दी हिमाल धेरै चलेको छ । यहाँ छोटो समयमै पुगेर फर्किन सकिन्छ । ठाउँ पनि सुन्दर छ । म भन्छु, नेपाल चिहाउन ट्रेकिङ गर्नैपर्छ ।

मैले घुमेका ३२ देशमध्ये नेपालजत्तिको सुन्दर कुनै देश देखिनँ । डाइभर्सिटीका हिसाबले नेपाल विश्वकै अग्रणी छ । नेपाल प्राकृतिक सौन्दर्य र सम्पदाको हिसाबले गज्जब मुलुक हो

-नेपाललाई विदेशी मुलुकसँग कसरी तुलना गर्नुहुन्छ ?

मैले घुमेका ३२ देशमध्ये नेपालजत्तिको सुन्दर कुनै देश देखिनँ । डाइभर्सिटीका हिसाबले नेपाल विश्वकै अग्रणी छ । यति सानो मुलुकमा हिमाल, पहाड, तराई, विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, विश्वकै दुर्लभ पशुपक्षी कुनै पनि देशमा देख्न पाइँदैन । नेपाल प्राकृतिक सौन्दर्य र सम्पदाको हिसाबले गज्जब मुलुक हो ।

-तपाईंको विचारमा किन घुम्नुपर्छ ?

घुमेपछि संसार देखिन्छ । एक ठाउँमा बसिराख्दा मोनोटोनस हुन्छ । हिँड्दा कसरत पनि हुन्छ । अर्को संसार देख्न पाइन्छ । त्यहाँको संस्कृति महसुस गर्न पाइन्छ । मेरो विचारमा घुमफिर लर्निङ एक्सपेरियन्स हो । यो ओपन युनिभर्सिटी हो । धेरै कुरा सिक्न पाइन्छ ।