१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भैरहवा भन्सार कार्यालयबाट जाँचपास भई भित्रिएको २७ हजार लिटर क्षमताको नयाँ रिफ्युलर । तस्बिर सौजन्य : नेपाल आयल निगम
अजित अधिकारी काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०९:११:००
Read Time : < 1 मिनेट
अर्थ

हवाई इन्धन भर्न चार नयाँ रिफ्युलर ल्याइयो

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०९:११:००

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जहाजमा इन्धन भर्न ४ नयाँ रिफ्युलर थप गरेको छ । २७ हजार लिटर क्षमताका ४ नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) थप गरेको निगमका निर्देशक मनोज ठाकुरले जानकारी दिए ।   

‘दुई रिफ्युलर लकडाउनअघि नै आएका थिए,’ उनले भने, ‘लकडाउनले रोकिएका थप दुई रिफ्युलर आज (सोमबार) दिउँसो भैरहवा भन्सार कार्यालयमा जाँचपास भई काठमाडौंका लागि हिँडिसकेका छन् ।’ सामान्य अवस्थामा विमानस्थलमा दैनिक ५ लाख लिटर इन्धन खपत हुँदै आएको छ । यो इन्धन भर्न निगमसँग ७ वटा रिफ्युलर मात्र छन् ।

नयाँ आएका ४ वटै रिफ्युलरको सबै परीक्षण सकेपछि सञ्चालनमा ल्याउने उनले बताए । अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले एकैपटक ठूलो परिमाणमा इन्धन भर्ने भएका कारण निगमले ठूलो क्षमताका रिफ्युलर थपेको हो । निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोका अनुसार सबैभन्दा धेरै टर्किस एयरलाइन्सले एकपटकमा ६० हजार लिटर इन्धन भर्छ । 

१४ नयाँ रिफ्युलरका लागि टेन्डर
२० वर्षभन्दा पुराना १४ रिफ्युलरलाई विस्थापित गर्न सोही संख्यामा नयाँ रिफ्युलरको टेन्डर भएको छ । निगमका अनुसार ४ वटा २७ हजार लिटर क्षमताका रिफ्युलर खरिदका लागि टेन्डर भएको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि २–२ वटा ठूलो क्षमताका रिफ्युलर खरिद प्रक्रिया अघि बढाएको छ । ‘१० रिफ्युलर १६ हजार लिटर क्षमताका हुन्,’ ठाकुरले भने, ‘यीचाहिँ आन्तरिक उडान भर्ने विभिन्न विमानस्थलमा प्रयोग गर्छौँ ।’

आयल निगमले समयमै रिफ्युलर खरिद गर्न नसक्दा २४ देखि ४१ वर्षसम्मका पुराना १४ रिफ्युलर प्रयोग गरिरहेको छ । जीर्ण अवस्थामा पुगेका यी रिफ्युलरको कार्यक्षमता खस्किँदै गएका कारण नयाँ खरिदका लागि निगमलाई दबाब बढेको हो ।