१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ २७ मंगलबार ०७:२२:००
Read Time : < 1 मिनेट
अर्थ

पाँचखालका कृषकले बालगृह र वृद्धाश्रममा बाँडे तरकारी

Read Time : < 1 मिनेट
२०७७ जेठ २७ मंगलबार ०७:२२:००

तरकारी बिक्री नभएपछि पाँचखाल नगरपालिकाका कृषकले बालगृह र वृद्धाश्रममा सित्तैमा वितरण गरेको छ । कृषकको उत्पादन तीनपिप्ले युवाक्लबले संकलन गरेर वितरण गरेको अध्यक्ष सरोज धितालले बताए ।

‘कृषकले फलाएको तरकारी बिक्री नभएको र त्यतिकै नष्ट भइरहेको थाहा पाएपछि हामीले संकलन गरेर बालगृह र वृद्धाश्रमहरूमा वितरण गरेका हौँ,’ धितालले भने, ‘कृषकहरूले निःशुल्क दिएको तरकारी हामीले संकलन गरेर गाडीमा राखी वृद्धाश्रम र बालगृहमै पुगेर तरकारी दिएका हौँ ।’ क्लबले पनौतीमा अवस्थित हेल्प नेटवर्क, प्राणनाथ माइती वृद्धाश्रम र ह्याप्पी चिल्ड्रेन होममा तरकारी वितरण गरेको छ ।

त्यस्तै, भक्तपुर, ललितपुर र काठमाडाैंमा रहेका वृद्धाश्रम र बालगृहलाई पनि तरकारी वितरण गरेको बताएका छन् । उनीहरूले दियोमा वृद्धाश्रम ठिमी, ह्याप्पी होम्स बोडेगाउँ, आमाघर सोल्टिमोड, मानवसेवा आश्रम बुढानीलकण्ठ, सुनौलो पाइला जोरपाटी, कान्तिभैरव गुरुकुल जोरपाटीलगायतमा पनि तरकारी पुर्‍याएका छन् ।

मानिसको संख्या हेरेर लगभग १५ दिनलाई पुग्ने गोलभेँडा, खुर्सानी, आलु, काउली, सिमीबन्दा, काँक्रो, बोडी, प्याज, फर्सी आदि वितरण गरेको छ । तरकारीसँगै उक्त क्लबले चामल, नुन, तेल र मस्यौरा पनि वितरण गरेको छ ।