१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०६:५१:००
Read Time : < 1 मिनेट
अर्थ

भाइबरमा २० जनासम्म  ग्रुप भिडियो कल गर्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०६:५१:००

भाइबरले नेपालमा २० जनासम्म ग्रुप भिडियो कल गर्न सकिने सेवा सुचारु गरेको छ । सामाजिक दूरीको नियम र मानिसहरूमाझ समूहगत भेटघाटमा रोक लागेका कारणले अनलाइन छलफलका लागि यो सेवा लाभदायक हुने भएको छ । 

मोबाइल तथा डेस्कटप दुवैमा भाइबर एपमार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गर्न सकिन्छ । ग्रुप भिडियो कल सुरु गर्न अत्यन्त सजिलो छ । केबल स्क्रिनको माथिल्लो छेउमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर भिडियो कलमा थप सहभागीहरूलाई सजिलैसँग थप्न सकिन्छ । 

ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरूमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न सक्छ । साथै, प्रयोगकर्ताले आफ्नो भिडियो बन्द गर्न र आफैँलाई म्युट राख्न पनि सक्नेछ । ‘हामी हाम्रा प्रयोगकर्तालाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन सकिएकोमा उत्साहित भएका छौँ र यसलाई अझ विस्तार गर्ने दिशामा अग्रसर छौँ,’ भाइबरका सिओओ अफिर एयालले बताए ।