मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २६ सोमबार १९:५१:००
Read Time : > 1 मिनेट
खेलकुद

श्रीलंका र युएईद्वारा आइपिएल गर्ने प्रस्ताव

Read Time : > 1 मिनेट
२०७७ जेठ २६ सोमबार १९:५१:००

कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) सञ्चालनको प्रतीक्षामा छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को प्रत्यक्ष निगरानीमा हुने आइपिएल भारत वा विदेशी भूमिमा हुने चर्चामा छ । दिनप्रतिदिन बढ्दो कोरोना संक्रमितका कारण भारत आइपिएल गर्न नसक्ने अवस्थामा छ । 

यसैबीच २०२० को आइपिएल श्रीलंका र युएईले गर्न इच्छा देखाएका छन् । दुवै राष्ट्रले आइपिएल आयोजना गर्न भारतसमक्ष पत्रचार गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । आइपिएल इतिहासमा दुईपटक मात्र भारतबाहिर भएको छ । सन् २००९ मा दक्षिण अफ्रिका तथा सन् २०१४ मा भारत र युएईमा आइपिएल भएको थियो । 

२९ मार्चमै सुरु हुनुपर्ने आइपिएल कोरोना भाइरसका कारण हुन नसक्दा आयोजक बिसिसिआईले चार सय करोड भारु घाटा व्यहोर्नुपर्ने हुन्छ । बिसिसिआईले आइपिएल भारतमा गर्न नसके बाहिर गर्ने योजना बनाएको छ । बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले आइपिएल विदेशी भूमिमा हुन सक्ने प्रतिक्रिया दिएका छन् । 

तर, आइपिएल हुने वा नहुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामाले मिति निर्धारण गर्नेछ । अस्ट्रेलियामा टी–२० विश्वकप हुने वा नहुने यही १० जुनमा दुबईमा बस्ने कार्यसमितिको बैठकले टुंगाे लगाउनेछ । निर्धारित समयअनुसार अक्टोबर र नोभेम्बरमा विश्वकप हुनुपर्छ । यदि विश्वकप स्थगित भएमा आइपिएल हुने गांगुलीले बताए ।

‘टी–२० विश्वकप नभएको अवस्थामा हामी आइपिएल गर्न सक्छौँ,’ बिसिसिआईका अध्यक्ष गांगुलीले भने । यता युएईले आफूसँग अन्तर्राष्ट्रिय स्तरको रंगशाला उपलब्ध भएकाले आइपिएल उत्कृष्ट रूपमा सञ्चालन गर्न सकिने दाबी गरेको छ । युएई क्रिकेट बोर्डका महासचिव मबाशिर उस्मानीले आफूहरूसँग आइपिएल आयोजनाको अनुभव भएको बताएका छन् । 

‘हामीले यसअघि पनि राम्रोसँगै आइपिएल सञ्चालन गरेका थियौँ, सपटक अझ राम्रो गर्न सक्छौँ,’ उस्मानीले भने, ‘यहाँका रंगशालालाई केही राष्ट्रहरूले तटस्थ भूमिका रूपमा प्रयोग गरेका छन् ।’ युएईले अन्तर्राष्ट्रिय स्तरको धेरै सिरिज गरिसकेका कारण दोस्रोपटक आइपिएल आयोजना गर्न कठिन नहुने उस्मानीको भनाइ छ । उनी भन्छन्, ‘हामीसँग अनुभव छ, यस किसिमको प्रतियोगिता यसअघि पनि गरिरहेका छौँ, यसैले आइपिएल गर्न त्यति समस्या युएईलाई हुनेछैन ।’ 

यसैबीच इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) ले पनि काउन्टीका बाँकी खेल आयोजना गर्न युएईलाई प्रस्ताव गरेको उनले बताए । यता आइपिएल विदेशी भूमिमा गराउने कि नगराउने भन्ने विषयमा बिसिसिआअन्तर्राष्ट्रियमा दुई पक्ष बाँडिएकाे छ । एक पक्षले भारतमा र अर्को पक्षले विदेशी भूमिमा गराउनुपर्ने प्रस्ताव अघि राखेका छन् ।