मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २६ सोमबार १८:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चौरजहारी घटना अध्ययन गर्न देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २६ सोमबार १८:५६:००

चौरजहारी घटना अध्ययन गर्न संसदीय समिति बनेको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको हो ।

समितिका सदस्यहरूमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुन्के, प्रकाश रसाइली (स्नेही), विमला विक, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव छन् ।

समितिले प्रतिनिधिसभाका सभामुखको निर्देशनमा रही कार्यविधि तयार गरी लागू गर्न सक्ने उल्लेख छ । समितिको कार्यवधि कार्य प्रारम्भ गरेको ३० दिनका लागि हुनेछ ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका भगाउन नवराज विकसहित गएका युवामाथि स्थानीयले आक्रमण गर्दा ६ युवा बेपत्ता भएका थिए ।

उनीहरूको  शव भेरीमा फेला परेको थियो ।

पीडित परिवारले भने युवाहरूको हत्या भएको दाबी गर्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएका थिए ।