मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २६ सोमबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्री मगर भन्छिन्– सरकार मेलम्ची आयोजना उद्घाटनको समयावधि सार्वजनिक गर्ने तयारीमा छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २६ सोमबार १४:०५:००

पटक–पटक मिति सर्दै पछाडि घकेलिइरहेको मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा सरकार जुटेको विभागीय मन्त्रीले बताएकी छिन् । 

सरकार छिट्टै नै मेलम्ची आयोजना उद्घाटनको समयावधि सार्वजनिक गर्ने तयारीमा रहेको खानेपानीमन्त्री बिना मगरले बताएकी हुन् । 

विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको संसदमा जवाफ दिने क्रममा उनले अब मेलम्ची आयोजनामाथिको निराशा बिट मार्ने वेला आएको दाबी गरेकी हुन् । 

आयोजनाको भौतिक काम यस चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने र त्यसको वितरण प्रणालीलाई आउँदो आर्थिक वर्षमा व्यवस्थित रूपमा वितरण गरिने उनले बताइन् । 

उनले भनिन्, ‘मेलम्चीका सन्दर्भमा उठाइएको प्रश्नहरूको बिट मार्ने वेला आएको छ । मेलम्चीबारे धेरै प्रश्नको बिट मार्ने वेला आइसकेको छ । दुई दशकदेखि आशाहरू र निराशाहरूको अन्त्यको समयावधि अब आएको छ । नेपाल सरकार छिट्टै नै मेलम्ची आयोजना उद्घाटनको समयावधीि सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।’