मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २५ आइतबार १४:४४:००
Read Time : < 1 मिनेट
अर्थ

अनलाइन सपिङ ग्यापु डटकम र सेल्सबेरीबीच व्यापार साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २५ आइतबार १४:४४:००

अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी  गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम(gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरीबीच व्यापार साझेदारी सुरु भएको छ । 

काठमाडौं, बनेपा र पोखराका २३ आउटलेटमार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध एक हजार चार सयभन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एपमार्फत अर्डर गर्न सक्नेछन् ।

उक्त अर्डरको ग्यापुका कर्मचारीमार्फत २४ घन्टाभित्र नि:शुल्क डेलिभरी गरिने बताइएको छ ।

ग्राहकले डेलिभरीपूर्व ई–सेवाबाट पैसा तिरी क्यासब्याकसमेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आइएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पेमार्फत बिल तिर्न सक्छन् भने डेलिभरीको समयमा नगदसमेत दिन सक्नेछन् । 

हाल काठमाडौं उपत्यकाभित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउनपछि आफ्नो सेवा देशका मुख्य सहरहरूमा विस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।