मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २५ आइतबार १२:२२:००
Read Time : < 1 मिनेट
समाचार

संसदमा गगन थापाको शिक्षामन्त्रीलाई प्रश्न– राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलाएको ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २५ आइतबार १२:२२:००

नेपाली कांग्रेसका नेता गगन थापाले शिक्षा मन्त्रालयबाट प्रस्तुत भएको बजेट कार्यक्रमले सांसदहरूको टिप्पणीको हैसियत र योग्यता पनि नराख्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रमा उल्लेखित बजेटले निराश बनाएको बताएका हुन् । उनले बजेटले शिक्षामा निराश बनाएको र स्वास्थ्य क्षेत्रलाई झनै निराश बनाएको बताए । 

उनले भने, ‘कोभिड–१९ को संकटसँग अवसर पनि जोडिएर आएको थियो । स्वास्थ्य र शिक्षामा यस्तै अवसर जोडिएर आएको अनुमान लगाएका थियौँ । तर, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखित बजेटले निराश बनायो । शिक्षा मन्त्रालयबाट जस्तो बजेट कार्यक्रम प्रस्तुत भएको छ वास्तवमा यसले सांसदहरूको टिप्पणीको हैसियत र योग्यता पनि राख्दैन । खर्च कटौतीको प्रस्तावमा धेरै बोल्न मन छैन । किनभने मन्त्रीज्यू आफैँ गनगन गर्दै हिँड्नु भएको छ, अर्थमन्त्रीले मेरो कुरा सुनिदिनुभएन भनेर । हामीले मन्त्रीज्यूलाई भनेर के अर्थ ? उहाँ आफैँ दु:खी, पीडित हुनुहुन्छ । तर, अर्थमन्त्रीले मलाई हेप्नुभयो भन्दै गर्दा मलाई सोध्न मन लागेको छ, शिक्षामन्त्रीलाई सम्माननीय राष्ट्रपतिलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो ? राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस बाँडेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयताविरोधी छ, संविधानविरोधी, व्यवस्थाविरोधी छ ।’

यो कार्यक्रमका लागि गत वर्ष पाँच अर्ब छुट्याएको ठाउँमा यस वर्ष बढाएर ६ अर्ब बनाएकोमा थापा रुष्ट देखिन्थे ।

थापाले विद्युतीय गाडीमा बजेटले गरेको व्यवस्थाबारे पुनर्विचार गर्नुपर्ने बताए ।