मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस भक्तपुर
२०७७ जेठ २४ शनिबार २१:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

Read Time : < 1 मिनेट
रासस भक्तपुर
२०७७ जेठ २४ शनिबार २१:४१:००

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको शनिबार विमोचन गरेका हुन् । 

राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै वास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । 

त्यस्तै पौडेलले रचना गरेको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुसी जनता नाचेको’ गीतमा बद्री पँगेनी र मेलिना राईले आवाज दिएका छन् । 

रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरू ब्युँझायौ तिमीले’मा भने राजेशपायल राईले आवाज दिएका छन् । 

विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पँगेनी र मेलिना राईले आवाज दिएका छन् । 

किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको संगीत संयोजन रहेको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले संगीत दिएका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिए ।