१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७७ जेठ २४ शनिबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार

घरमा आगलागी,  २० लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७७ जेठ २४ शनिबार १९:३५:००

संखुवासभाको चिचिला गाउँपालिकामा एक घरमा आगलागी हुँदा करिब २० लाखबराबरको क्षति भएको छ । चिचिला गाउँपालिका– ४ स्थित कर्णकुमार गुरुङको घरमा आगलागी हुँदा २० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । उनका अनुसार शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो । 

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा नष्ट भएको छ । काठ र माटोले बनेको तीनतले घर आगलागीबाट पूर्ण नष्ट भएको प्रहरीले जनाएको छ । घर आगलागी भएको कारण पत्ता नलागेको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार चुलाेमाथि राखिएको डोको झरेर आगो सल्किएको हुन सक्छ । 
आगलागीबाट पीडित परिवारलाई चिचिला गाउँपालिकाले सहयोग गर्ने भएको छ । प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घन्टापछि आगो नियन्त्रणमा लिएको थियो ।