मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २४ शनिबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारका अगाडि चुनौती नै चुनौती छ : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २४ शनिबार १२:४९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकर्ण विष्टले सरकारका अगाडि चुनौती नै चुनौती रहेको बताएका छन् ।

त्यो चुनौती सामना गर्न उच्चस्तरमा समन्वय गरेर अघि बढ्न उनले सुझाब दिए । 

कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन, औद्याेगिक उत्पादनलाई प्राथमिकता दिन, उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनुपर्ने पूर्वमन्त्रीसमेत रहेका विष्टले सुझाब दिए । 

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘कृषि उत्पादनमा रोजगारीका सम्भावना छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र औद्याेगिक उत्पादनलाई प्राथमिकता दिने कुरामा ध्यान दिन जरुरी छ । यहाँको उत्पादनलाई संरक्षण दिन सकेनौँ भने न रोजगारीका अवसर सिर्जना हुन्छ न देशको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ । यसतर्फ गम्भीर ढंगले काम गर्न जरुरी छ ।’

केन्द्र, प्रदेश, स्थानीय तह र विभिन्न मन्त्रालयबीच समन्वय भएर अघि बढ्नुपर्नेमा विष्टले जोड दिए । 

‘नेपालको सन्दर्भमा पनि १६ देखि २० लाखसम्म रोजगारीबाट बाहिरिने अनुमान गरिएको छ । एकातिर नयाँ आउने श्रमशक्ति पनि छ । यसको व्यवस्थापन गर्न ठूलो चुनौती छ । यसलाई उचाइबाट सम्बोधन हुने गरी सोच्नुपर्छ,’ उनले भने ।