मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २४ शनिबार ०५:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निको नहुँदै घर फर्काइए संक्रमित

Read Time : < 1 मिनेट
२०७७ जेठ २४ शनिबार ०५:१३:००

नयाँ निर्देशिका बेवास्ता भन्दै सेती प्रादेशिक अस्पताल धनगढीले ६ कोरोना संक्रमितलाई निको नहुँदै डिस्चार्ज गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो । 

संक्रमितहरू निको नभए पनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले नयाँ निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइनमा बसेको र कुनै लक्षण नदेखिएकाले संक्रमितलाई डिस्चार्ज गरिएको बताए ।

यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । लक्षण नदेखिएको र अन्य स्वास्थ्य समस्या पनि नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने व्यवस्था नयाँ निर्देशिकामा छ । 

अस्पतालले डिस्चार्ज गरे पनि घर जाने व्यवस्था नहुँदा अलपत्र परेपछि उनीहरूलाई बेलुका पुनः अस्पतालमै राखिएको छ । सम्बन्धित जिल्लासम्म पुर्‍याउने व्यवस्था नभएपछि प्रि–आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।