१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २३ शुक्रबार २२:०९:००
Read Time : < 1 मिनेट
समाचार

सेती अस्पतालले निको नहुँदै डिस्चार्ज गऱ्यो कोरोना संक्रमित

Read Time : < 1 मिनेट
२०७७ जेठ २३ शुक्रबार २२:०९:००

सेती प्रादेशिक अस्पताल धनगढीले ६ जना कोरोना संक्रमितलाई लक्षण नभएको भन्दै निको नहुँदै डिस्चार्ज गरेको छ । अछाम मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडी शिवनाथ गाउँपालिका– १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका– २ का २० र २२ वर्षीय पुरुषलाई शुक्रबार दिउँसो डिस्चार्ज गरेको हो ।

डिस्चार्ज गरिएकाहरूले घर जाने व्यवस्था गर्न नसक्दा दिनभर धनगढीमा अलपत्र परेका थिए । संक्रमितहरू निको नभए पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका र कुनै लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गरिएको बताए । यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था थियो। लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने व्यवस्था नयाँ निर्देशिकामा छ ।

घर जान नसकेपछि उनीहरूलाई बेलुकी पुनः सेती अस्पतालमै राखिएको छ । सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरूलाई  प्रि–आइसोलेसनमा राखिएको हो । गाडीको व्यवस्थाका लागि समन्वय भइरहेको अस्पतालले जनाएको छ ।