मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार

वातावरण दिवसका अवसरमा कम्युनिटी केयरद्वारा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १३:४५:००

‘रूख रोपौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ यस वर्षको विश्व वातावरण दिवस मनाइएको छ । दिवसका अवसरमा शुक्रबार कम्युनिटी केयर नेपालले बुढानीलकण्ठ नगरपालिका– ४ सँगको सहकार्यमा धन्ये ढिकुरो र बुढानीलकण्ठ नगरपालिका– ८ सँगको सहकार्यमा रुद्रमति फुस्रेपाखामा वृक्षरोपण गरेको छ।

नगरपालिकाको वडा नम्बर ४ मा ५० वटा र वडा नम्बर ८ मा ५० वटा गरी सय वटा वृक्षरोपण गरिएको कम्युनिटी केयर नेपालले जनाएको छ । सो क्रममा कम्युनिटीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य, विशिष्ट सदस्यहरूका साथै वडा नम्बर ४ का अध्यक्ष राजु खड्का, सदस्य श्रीराम केसी, रमिला खड्का  वडा नम्बर ८ का सदस्य माधव पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय एवं समाजसेवीहरूको उपस्थित रहेको कम्युनिस्ट केयर नेपालका सहसचीव  सन्जित थापाले बताए । सहभागीहरूले लप्सी, कपुर, बकैना, अमला, रातकी रानी, कोइरालोलगायतका बिरुवा रोपेका थिए ।