मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा संक्रमितको संख्या २९ सय नाघ्यो, थप दुई सय ७८ मा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १६:२८:००

देशभरिका विभिन्न ठाउँका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार दुई सय ७८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

संक्रमितमा दुई सय ६७ जना पुरुष र ११ जना महिला रहेका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ । 

त्यसैगरी काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेकाे संख्या तीन सय ३३ पुगेकाे देवकाेटाले जानकारी  दिए ।