१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २३ शुक्रबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी 

Read Time : < 1 मिनेट
२०७७ जेठ २३ शुक्रबार १६:०९:००

कोरोना संक्रमित बढेपछि दैलेख सदरमुकाम नारायण नगरपालिका र दुल्लु नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुका खोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्मको क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

संक्रमणको उच्च जोखिम भएकाले अतिआवश्यक सवारीसाधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रहरूबाहेक सम्पूर्ण कार्य बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको हो । 

संक्रमणबाट जोगिन, भिडभाड नगर्न/नगराउन, जमघट नहुन सबैलाई दैलेख जिल्ला प्रशासनले आग्रह गरेको छ ।