मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार

एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्न सांसद यादवको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १५:००:००

सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसीमाथि गलत अभिव्यक्ति दिएको भन्दै निलम्बन गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले तराई, मधेस, पहाडलाई टुक्रयाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन् । 

साथै शेर्पाले मधेसीलाई हेपेर अभिव्यक्ति दिएको भन्दै यादवले आपत्ति पनि जनाए । 

उनले भने, ‘फुटबल संघका अध्यक्षले मधेसहरूलाई राष्ट्रियता आउँदैन, सिकाउनुपर्छ भन्नुभयो । त्यो पनि सेनामार्फत । मधेसीलाई राष्ट्रियता उहाँले सिकाउने हो ? मधेसीलाई राष्ट्रियता आउँदैन ? नेपाल फुटबल संघलाई हामी इज्जतले हेर्छौँ । यसरी मधेसीलाई हेप्ने ? मधेसीलाई होच्याउने ? यस्तो गलत अभिव्यक्ति दिने ? कर्माछिरिङ शेर्पाले कसको तागतमा बोल्नुभएको हो ?’

शेर्पाले सेनालाई समेत मुछेकोमा पनि यादवले आपत्ति जनाए । 

‘सेनालाई पनि मुछ्नुभएको छ । यो एउटा हाम्रो पवित्र संस्था हो । सेनालाई हामी मुटुमा राख्छौँ । कहिले पनि राजनीतिक विवादमा नआएको सेनालाई कर्माछिरिङ शेर्पाले यस्तो अभिव्यक्तिमा जोड्नुभएको छ । त्यस्ता अभिव्यक्ति दिने शेर्पालाई तुरुन्त निलम्बन गर्नुपर्छ र कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तराई, मधेस, पहाडलाई टुक्रयाउने कुरा गर्नुभएको छ । हामी अलग हाेइन । बोर्डरको रक्षा मधेसीले नै गर्छ । विनातलब, विना बर्दीको सिपाही हो हामी ।’