मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २३ शुक्रबार ११:५१:००
Read Time : < 1 मिनेट
प्रदेश

जुम्लाको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ २३ शुक्रबार ११:५१:००

जुम्लाको चन्दननाथ नगरपालिका-८ स्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । उनको बिहीबार राति क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि बर्दिया जिल्लाबाट आएका वृद्ध दमका रोगी भएको वडाध्यक्ष रन्जित परियारले बताए । 

बाहिरबाट आएका व्यक्तिहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था भएअनुसार उनलाई पनि क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष परियारले बताए । उनले भने, ‘दमले च्याप्दै गएपछि उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स खोज्याैँ, कतैबाट व्यवस्था हुन सकेन । राति नै उहाँको निधन भएछ ।’ 

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलसहित स्वास्थ्यकर्मीको टोलीले उनको स्वाब संकलन गरेर परीक्षणको तयारी गरेको छ । 

क्वारेन्टाइनबाट मृतक व्यक्तिको शव उठाइएको छैन । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र मृतकको शवको व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

क्वारेन्टाइनमा वृद्धको मृत्यु भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नगरप्रमुख कान्तिका सेजुवाल, उपप्रमुख अप्सरादेवी महत, प्रहरी नायव उपरीक्षक लालबहादुर धामीसहितको टोली घटनास्थल पुगेको थियो ।