ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई २५ लाख सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमबीच बैंकको प्रदेश- ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश- ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त चेक हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसविरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण रहको बताए ।