मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २३ शुक्रबार ०६:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

बालबालिकामा कोभिड-१९ का लक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २३ शुक्रबार ०६:४८:००

- विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपना, धूम्रपान, मद्यपान, मधुमेह र वायु प्रदूषण कोरोना संक्रमणका लागि सहयोगी बन्ने हालसम्मका अध्ययनमा देखिएको छ । कम जोखिम समूहमा राखिएका बालबालिकामा देखिने लक्षणबारे पनि गहिरो अध्ययन भइरहेको छ ।

- अनुसन्धानकर्ताहरूले बालबालिका र वयस्कमा देखिने लक्षणको तुलनात्मक अध्ययन गरिरहेका छन् । वयस्कको तुलनामा बालबालिका कम प्रभावित भएको र उनीहरू नजिकका व्यक्तिबाट संक्रमित हुने गरेको पाइएको छ ।

- पछिल्ला अध्ययनअनुसार बालबालिकामा देखिने लक्षण वयस्कको भन्दा भिन्न पाइएको छ । बालबालिकामा संक्रमणको सुरुमा झाडापखालाको समस्या हुने गर्छ भने वयस्कमा खोकी ।

- ‘फ्रन्टियर्स इन पेडियाट्रिक्स’ नामक जर्नलमा प्रकाशित रिपोर्टअनुसार हालसम्म श्वासप्रश्वासमा देखिने जटिलतालाई आधार बनाएर अध्ययन गरिँदै आएको थियो । तर, संक्रमित बालबालिकामा श्वासप्रश्वास र रुघाखोकीको लक्षण कमै देखिएको छ । उनीहरूमा झाडापखालाको लक्षण देखिएकाले अध्ययन त्यतै मोडिएको छ ।

- बालबालिकामा फोक्सोमा मात्र नभई पाचन नलीमा पनि भाइरसले असर पुर्‍याएको अध्ययनमा पाइएको छ । आन्द्रामा भाइरसको संक्रमण हुनाले पाचन प्रणालीमा असर परेर झाडापखाला लाग्ने गरेको अनुसन्धानकर्ताको निष्कर्ष छ ।

- बालबालिकामा ज्वरो र रुघाखोकीसँगै पाचन प्रक्रियामा पनि समस्या देखिनुलाई गम्भीर रूपमा लिनुपर्ने अनुसन्धानकर्ताहरूको जोड छ ।

- स्वास्थ्य विशेषज्ञहरूले पनि बालबालिकामा देखिनेमध्ये पाचन प्रणालीको समस्यालाई मुख्य लक्षणका रूपमा लिएका छन् ।

- वयस्कमा पनि आन्द्रामा देखिने समस्यालाई अध्ययनको विषय बनाइएको छ । कोरोना भाइरसले एन्जाइममार्फत शरीरमा असर पार्छ । र, फोक्सो र आन्द्रामा बढी फैलिने गर्छ । त्यसैले झाडापखालाजस्ता लक्षण जटिल स्वास्थ्य समस्याका रूपमा देखिन सक्नेमा स्वास्थ्य विशेषज्ञहरूले सचेत गराएका छन् ।