१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ जेठ २२ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

प्रदेश २ का पाँच मर्यादापालकमा देखियो कोरोना पोजेटिभ,  प्रदेश सभा बैठक स्थगित 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ जेठ २२ बिहीबार १७:४२:००

प्रदेश २ को प्रदेश सभाका पाँचजना मर्यादापालकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि बिहीबारको बैठक स्थगित गरिएको छ । 

बुधबार चौथो अधिवेशनको पहिलो बैठक बसेको थियो । बैठक बस्नुभन्दा केही दिनअघि प्रदेश सभा सचिवालयले सांसद र सचिवालयमा काम गर्ने कर्मचारीको कोरोनाको परीक्षण गराएका थिए । तर, उनीहरूको रिपाेर्ट बिहीबार मात्रै आएकोले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले अब प्रदेश सभा भवनलाई स्यानिटाइज गरेर शुक्रबार दिउँसो १ बजे मात्रै बैठक बस्ने बताए ।