१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २२ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
प्रदेश

पसल बन्द गर्दै हिँडेका सइमाथि व्यापारीद्वारा मुक्का प्रहार

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १६:१०:००

बजार बन्द गराउन खटिएका प्रहरीका एकजना सइलाई बिहीबार जनकपुरमा स्थानीय एक युवाले कुटपिट गरेका छन्। 

जानकी मन्दिर आसपासका पसल बन्द गराउन खटिएका वेला जानकी प्रहरी चौकीका इन्चार्ज (सइ) राजाराम यादवमाथि मुक्का प्रहार भएको हो। 

जनकपुरका व्यापारीले बिहीबारदेखि पसल खोल्न सुरु गरेका छन्। दिउँसो १२ बजे पसल बन्द गर्न खटिएका वेला स्थानीय व्यापारीले विरोध गरेका थिए। लकडाउन कार्यान्वयनमा खटिएका सइ यादवले बजार बन्द गर्ने आदेश माथिको भएकाले पसल खोल्न दिन नमिल्ने बताइरहँदा उनीमाथि एक व्यापारी युवाले मुक्का प्रहार गरेका हुन्।

नाम नखुलेका एक युवाले एक्कासि सइ यादवलाई दुई–तीन मुक्का लगाएका हुन्। त्यसपछि प्रहरीले लाठीजार्च गरेको थियो। लाठीचार्ज भएपछि व्यापारी भागेका थिए।

प्रहरीमाथि हातपात गर्ने युवालाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। तर, उनको नाम भने प्रहरीले खुलाएको छैन। सइमाथि मुक्का प्रहार गरेपछि भागेका उनलाई प्रहरीले लखेटेर पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।