मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर विविसीबाट
एजेन्सी
२०७७ जेठ २२ बिहीबार १४:२३:००
Read Time : < 1 मिनेट
विश्व

पूर्वरक्षासचिवले लगाए राष्ट्रपति ट्रम्पविरुद्ध विभाजनको रेखा मात्र कोरेको गम्भीर आरोप

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ २२ बिहीबार १४:२३:००

अमेरिकाका पूर्वरक्षासचिव जेम्स मेटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एकता गर्नेभन्दा विभाजनको दिशामा लगेको गम्भीर आरोप लगाएका छन् । 

साथै उनले राष्ट्रपति ट्रम्पले देशलाई विभाजनतर्फ भड्काएर आफ्नो पदको दुरुपयोगसमेत गरेको आरोप लगाएका छन् ।

उनले राष्ट्रपति ट्रम्पले हालै अमेरिकामा घटेका घटनालाई जसरी सम्हालिरहेका छन् त्यो देखेर निराशसमेत बनेको प्रतिक्रिया दिएका छन् । 

राष्ट्रपति ट्रम्पका गतिविधिबाट आफू आश्चर्यचकित बनेको पनि उनले जनाएका छन् ।

पूर्वरक्षासचिव जेम्स मेटिसले दिएको प्रतिक्रियाको जवाफमा राष्ट्रपति ट्रम्पले उनलाई ओभर रेटेड जनरलको संज्ञा दिँदै उनले आफ्नो पद छोडेकोमा खुसी व्यक्त गरेका छन् । 

सन् २०१८ मा सिरियाबाट अमेरिकी सैनिक हटाउने राष्ट्रपति ट्रम्पको निर्णयप्रति असहमति राख्दै तत्कालीन रक्षासचिव मेटिसले राजीनामा दिएका थिए । 

त्यसपछि उनले राष्ट्रपति ट्रम्प प्रशासनको निरन्तर आलोचना गर्दै आएको बिबिसीले जनाएको छ । 

बिबिसीले जनाएअनुसार पछिल्लोपटक मेटिसले 'द अटलान्टिक' पत्रिकामा डोनाल्ड ट्रम्पजस्तो विभाजनको रेखा मात्र कोर्ने राष्ट्रपति यसअघि नदेखेको लेखेका छन् । 

उनले भनेका छन्, 'मेरो जीवनकालमा डोनाल्ड ट्रप यस्ता राष्ट्रपति हुन् जसले अमेरिकी नागरिकलाई एकजुट गर्ने कोसिस नै गरेका छैनन्, न त यस्तो कोसिस गर्दै गरेको देखिएका छन्, खालि उनले विभाजित मात्र गर्ने कोसिस गरिरहेका छन् ।'

मेटिसले आफ्नो लेखमा अहिले अमेरिकामा भइरहेको प्रदर्शनविरुद्ध सेनाको प्रयोगप्रति पनि तीव्र आलोचना गरेका छन् । उनले यस्तो परिस्थितिमा सेना प्रयोग हुने कुरा आफूले कहिले पनि नसोचेको जनाएका छन् । 

अमेरिकामा हालै एक अश्वेत व्यक्तिको निधन भएपछि त्यसको विरोधमा तीव्र प्रदर्शनहरू भइरहेको छ ।