मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २२ बिहीबार १३:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

बाजुरामा चार बेडको आइसोलेसन कक्ष निर्माण  

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १३:२२:००

बाजुरा सदरमुकाम मार्तडीमा कोरोना संक्रमित बिरामी राख्न नेपाली सेनाले चार बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरेको छ। सेनाले जिल्ला समन्वय समितिको मैदानमा आइसोलेसन कक्ष निर्माण गरेको हो।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी अस्थायी खालको आइसोलेसन वार्ड तयार गरिएको समरजित गुल्म थापाथली ब्यारेकका गुल्मपति रवीन श्रेष्ठले बताए।

बाजुरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेनाले दुई दिन लगाएर चार बेडको आइसोलेसन निर्माण गरेको हो। बाजुरामा दिनहुँ भारतबाट आउनेको संख्या बढ्दै जाँदा संक्रमणको जोखिम उच्च भएको स्थानीय प्रशासनले जनाएको छ। 

बाजुरामा अहिलेसम्म तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक बालिकाको मृत्यु भइसकेको छ भने दुईजना उपचारको क्रममा छन्।