मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २२ बिहीबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १२:३८:००

सिराहामा १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार  गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

राससका अनुसार पक्राउ पर्नेमा सिराहाको नरहा गाउँपालिका- ४ का २५ वर्षीय रामबाबु भनिने चन्देश्वर यादव, औरही गाउँपालिका- २ का २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका- ६ का १९ वर्षीय गोलु महतो छन्।
 
पीडित किशोरीले गोलबजार नगरपालिका- ३ गागन खोलाछेउमा उनीहरूले आफूमाथि जबर्जस्ती करणी गरेको जनाएकी छिन्। घटनापछि फरार भएका आरोपीलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

पक्राउ परेका चारै युवक र पीडित किशोरीको स्वास्थ्य परीक्षण गरेर घटनाबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए। 

त्यसैगरी भक्तपुर नगरपालिका- २ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका- ४ स्थायी घर भई भक्तपुर नगरपालिका– २ व्यासी बस्दै आएका ३१ वर्षीय मोहन तामाङ रहेकाे प्रहरीले जनाएको छ।

फुपू–फुपाजुसँग बस्दै आएकी १३ वर्षीयालाई फुपू–फुपाजु गलैँचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फुपाजु पुगेपछि तामाङ फरार भएका थिए।

घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।