मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०५:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लकडाउनमा शरीरको बिग्रँदो लय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०५:४४:००

- मानव शरीरको जैविक घडी (सर्केडियन) सूर्यको किरण र रातको अन्धकारको तालमेलमा चलिरहेको हुन्छ । हामीले घामको किरणबाट भिटामिन–डी पाउँछौँ, जसले हाम्रो दाँत र हाड बलियो बनाउँछ ।

- भिटामिन-डीले फोक्सोसम्बन्धी रोगसँग लड्ने क्षमता बढाउँछ । कुनै पनि किसिमको संक्रमण हुँदा फोक्सोको भित्री भागको माथिल्लो तहबाट पेप्टाइड्स निस्किन्छन्, जसले ब्याक्टेरिया र भाइरसलाई मार्छन् । पेप्टाइड्सले बी र टी प्रतिरक्षा कोषहरूलाई मजबुत बनाउँछन् ।

- भिटामिन-डीको कमी हुने व्यक्तिलाई श्वासनलीमा भाइरस संक्रमण हुने सम्भावना बढी हुन्छ ।

- वैज्ञानिकहरू यतिवेला ‘भिटामिन–डी सप्लिमेन्ट’ लिएपछि कोभिड–१९ सँग लड्न सकिने सम्भावनाबारे अनुसन्धान गरिरहेका छन् ।

- ट्रिनिटी कलेज, डब्लिनका अन्वेषक रोसी केनीले गरेको अनुसन्धानअनुसार इटाली र स्पेनमा कोभिड–१९ का मृतकमा भिटामिन–डीको मात्रा कम पाइएको छ । यी मुलुकका मानिस घरबाहिर निस्कँदा सनस्क्रिनको प्रयोग गर्छन् । जबकि, घामको किरणबाट भिटामिन–डीको सप्लिमेन्ट लिनुपर्छ । यसले इन्फ्लुएन्जा र भाइरल संक्रमणसँग लड्न सहयोग गर्छ। 

अनुसन्धानअनुसार रूखवरपर बढी समय बिताउँदा शरीरकाे प्रतिरक्षा कोेषिका बढी सक्रिय हुन्छन् । यी कोषिकाले भाइरस र क्यान्सरका कोष पत्ता लगाउँछन् र निष्क्रिय बनाउँछन् ।

- लकडाउनका कारण मानिस घरबाट बाहिर निस्केका छैनन् र शारीरिक व्यायाम कम भएको छ । शारीरिक व्यायामले तनाव कम गर्न पनि मद्दत गर्छ । तनाव कम हुँदा प्रतिरक्षा प्रणालीले चुस्त रूपमा काम गर्छ । भनाइ नै छ, बगैँचा या हरित क्षेत्रमा व्यायाम गर्दा रक्तचाप र मुटुको बिमारीबाट बच्न सकिन्छ ।

- अनुसन्धानअनुसार रूखवरपर बढी समय बिताउँदा शरीरका प्रतिरक्षा कोेषिका बढी सक्रिय हुन्छन् । यी कोषिकाले भाइरस र क्यान्सरका कोष पत्ता लगाउँछन् र निष्क्रिय बनाउँछन् । जापानमा गरिएको अध्ययनअनुसार रूखनजिक बस्दा फाइटोनाइड्स नामक तत्व प्राप्त हुन्छ, यसले प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ ।

- लकडाउनका कारण हाम्रो शरीरको घडीको लय बिग्रिएको छ । बिहान ढिलोसम्म सुत्ने र राति अबेरसम्म जागा रहने बानी स्वास्थ्यका दृष्टिले राम्रो हुँदै होइन ।

- लामो समयसम्म घरबाहिर ननिस्किँदा शरीरको जैविक घडीको लय बिग्रिन्छ । जो बिहानीपखको हावामा बिताउँछन्, उनीहरूलाई निद्रा पनि राम्रो लाग्छ ।

- बन्द कोठा र बिजुलीमा बस्नेहरूको निद्रामा बाधा पुगिरहेकोे हुन्छ । प्रतिरक्षा प्रणालीसँग प्रकाशको सीधा सम्बन्ध नभए पनि निद्रासँग भने सीधै सम्बन्धित छ । त्यसैले हो, बिहान सबेरै उठ्दा राति राम्रो निद्रा लाग्छ भनिएको पनि । राम्रो निद्राले तनाव र डिप्रेसनबाट बचाउँछ ।

- दिनमा एकपटक कोठाबाट बाहिर निस्किनु राम्रो हुन्छ । भौतिक दूरी कायम गर्दै चर्को घामसँग अभ्यस्त हुनुहोस् । र, प्रकृतिको नजिक गएर लाभ प्राप्त गर्नुहोस् ।