मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १७:५०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म १० अर्ब खर्च 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १७:५०:००

सरकारले हालसम्म कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण तथा रोकथामका लागि करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । 

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरूबाट एक अर्ब आठ करोड र स्थानीय तहहरूबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरूले गरेको खर्चको पूर्ण विवरण नआएको उनको भनाइ छ । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग पनि छलफल भएको छ । तहगत रूपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।