विरोधपछि सरकारले कर तिर्ने अवधि बढाएको छ । व्यवसायीको विरोधपछि आन्तरिक राजस्व विभागले करको विवरण बुझाउने म्याद ७ असारसम्म र रकम दाखिला गर्ने समय १५ असारसम्म पुर्याएको हो।
२५ जेठसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि विभागले ७ देखि १५ असारसम्म शीर्षकअनुसार समय थप गरेको हो । विभागले १५ असारसम्म तोके पनि उद्योगी–व्यवसायीले भने लकडाउन खुलेको कम्तीमा तीन महिना समय चाहिने बताउँदै आएका छन् । देशभरका सबै उद्योगधन्दा लकडाउनले ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरूको भनाइ छ ।
यस्तो छ सूचना