मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:५४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

नेपालमा कोरोना मिटर : संक्रमित २३ सय, नाैजनाको निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:५४:००

देशमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । नयाँ संक्रमित दुई सय एकजना थपिएसँगै कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेकाे हाे । 

नयाँ थपिएकामा एक सय ७९ पुरुष र २२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

कुल २३ सयमध्ये २१ सय ३० जना पुरुष र  एक सय ७० महिला रहेका छन् । 

साथै कोरोना संक्रमणबाट थप एकजनाको निधन भएको छ । 

दोलखाका ७६ वर्षीय पुरुषको बुधबार कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । 

उनी यही १३ जेठमा उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र त्यहाँबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएकोमा उनको बुधबार निधन भएको छ ।

उनीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसरी देशभर कोरोनाको संक्रमणबाट निधन हुनेको संख्या नाै पुगेको छ । 

हालसम्म दुई सय ७८ जनाले कोरोनामाथि विजय हासिल गरी डिस्चार्ज भएका छन् । जसमा दुई सय २२ पुरुष र ५६ जना महिला रहेका छन् । 

पछिल्लो समय १२ जना डिस्चार्ज भएका छन् । जसमा जनकपुर अस्पतालबाट पाँचजना, टेकु अस्पतालबाट एकजना, एपिएफ अस्पतालबाट एकजना, शिक्षण अस्पताल महाराजगन्जबाट एकजना, बुटवलबाट चारजना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । 

देशका कुल ७७ जिल्लामध्ये ६४ जिल्लामा कोरोना संक्रमण फैलिन पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म पिसिआर विधिबाट ८० हजार दुई सय ६७ जनाको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटी विधिबाट एक लाख २० हजार तीन सय ७९ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । 

नयाँ थपिएका संक्रमितमा धनकुटाका एकजना, सप्तरीका एकजना, ताप्लेजुङका तीनजना, झापाका एकजना, पाँचथरका एकजना, सुनसरीका सातजना रहेका छन् । 

त्यसैगरी पर्साका सातजना, दैलेखका एकजना, सल्यानका दुईजना रहेका छन् । त्यसैगरी मोरङका दुईजना, झापाकै एकजना, तेह्रथुमका एकजना, सुनसरीका एकजना रहेका छन् । 

त्यसैगरी कैलालीका तीनजना, डोटीका दुईजना रहेका छन् ।

त्यसैगरी कपिलवस्तुका ६७ जना, पाल्पाका दुईजना, रुपन्देहीका २६ जना रहेका छन् । त्यसैगरी महोत्तरीका नाैजना, दैलेखका ६ जना, कालिकोटका सातजना रहेका छन् । 

त्यसैगरी दाङका पाँचजना, प्युठानका दुईजना, सल्यानका एक जना रहेका छन् ।

त्यसैगरी धनुषाका एक, कपिलवस्तुकै दुई, काठमाडौंका तीन, नवलपरासीका आठ, रौतहटका ११, रुपन्देहीका एक, सर्लाहीका १५ र सिन्धुपाल्चोकका एकजना रहेका छन् ।