मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ जेठ २१ बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइनमै महिलाको मृत्यु, स्वाब परीक्षण गर्न बाँकी 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ जेठ २१ बुधबार १२:२६:००

डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। 

गन्यापधुरा गाउँपालिका– १ स्थित असिग्राम आधारभूत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको वडाध्यक्ष चेतराज भट्टले जानकारी दिए। ती महिलाको मृत्युको कारण खुलेको छैन।

भट्टका अनुसार मगंलबार राति करिब ११ बजेको समयमा उनको मृत्यु भएको हो। भारतबाट आएकी ती महिला आफ्ना श्रीमान्, एक छोरा र एक छोरीसँगै क्वारेन्टाइनमा बसेकी थिइन्। उनीहरू केही दिनअघि भारतको पञ्जावबाट आएका हुन्। 

मंगलबार राति ११ बजे शौचालय गएर कोठामा फर्किएपछि उनी एक्कासि बेहोस भएकी थिइन्। उपचार गर्न नपाउँदै उनको मृत्यु भएको वडाध्यक्ष भट्टले बताए।

मृतक महिलाको स्वाब संकलनका लागि अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठले जानकारी दिए। स्वाबको रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोनाको कारणले हो/होइन यकिन हुने श्रेष्ठले बताए  ।