मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १२:२५:००
Read Time : < 1 मिनेट
प्रविधि

देशका सात धार्मिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा पुऱ्याउँदै दूरसञ्चार प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १२:२५:००

नेपाल दूरसञ्चार प्राधिकरणले देशका विभिन्न धार्मिक स्थलहरूमा नि:शुल्क वाइफाई उपलब्ध गराउने भएको छ ।

यस योजनाअन्तर्गत देशका विभिन्न सातवटा धार्मिक स्थलमा इन्टरनेट जडानका लागि प्राधिकरणले टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले आफ्नै खर्चमा जानकी मन्दिर, पाथिभारा मन्दिर, हलेसी महादेव मन्दिर, बराह क्षेत्र, गुरुद्वार, जामे मस्जिद, पञ्चकस्मिरी ताकियामा मस्जिदमा नि:शुल्क इन्टरनेट जडान गर्ने भएको हो ।

६ महिनाभित्रै यी धार्मिक स्थलमा इन्टरनेट जडान गरिसक्ने लक्ष्यका साथ टेन्डर आह्वान गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

टेन्डरमा सहभागी हुन विगत तीन वर्षदेखि न्यूनतम दुई करोडको वार्षिक कारोबार गरेको कम्पनी हुनुपर्ने मापदण्ड तोकिएको छ ।

त्यस्तै कम्पनीले कम्तीमा एक वर्षदेखि कम्तीमा एक सयवटा फिक्स्ड डाटा ग्राहक बनाएको र एक सय किलोमिटरको नेटवर्क सञ्चालन गरेको हुनुपर्नेछ ।

टेन्डरमा सहभागी हुन सात लाख २० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । ज्वाइन्ट भेन्चर कम्पनीले पनि टेन्डर हाल्न नपाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत वर्ष नै ४१ वटा धार्मिक स्थलमा नि:शुल्क इन्टरनेट पुऱ्याउनका लागि तीनवटा योजना अघि सारेको थियो । 

त्यसअन्तर्गतको अरू दुई प्याकेज अघि बढ्न सकेको छैन भने तेस्रो प्याकेजका लागि टेन्डर आह्वान गरिएको हो ।