मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७७ जेठ २१ बुधबार १०:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

मदिरा सेवनपछि विवाद हुँदा हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७७ जेठ २१ बुधबार १०:४८:००

कपिलवस्तुमा मंगलबार राति एकजनाको हत्या भएको छ।कपिलवस्तु नगरपालिका– ९ हरनामपुरका ४५ वर्षीय श्यामनारायण तिवारीको हत्या भएको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा तिवारीको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए।
 
राससका अनुसार हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ‘मदिरा सेवन गरेको अवस्थामा सामान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जोशीले भने।
 
मृतक तिवारीको आँखा, घाँटीलगायत शरीरका विभिन्न ठाउँमा काटिएको अवस्थामा घरनजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए। प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल लगेको छ।