Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ जेठ २१ बुधबार १०:०३:००
Read Time : < 1 मिनेट
समाचार

वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ जेठ २१ बुधबार १०:०३:००

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१४ छिवाङज्युलामा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण भएको छ । 

मुसिकोट नगरपालिका– १३ का वडाध्यक्ष दीपक केसीको नेतृत्वमा आएको टोलीले प्रहरी चौकीमा तोडफोड गरेको हो । वडाध्यक्ष बाइकमा आएको र जाँचका लागि सडकमा राखिएको बार हटाउन ढिला गरेको भन्दै उनले प्रहरीसँग झगडा गरेका थिए । झगडाकै बीचमा स्थानीय २०-२५ जना युवाले प्रहरी पोस्टमा तोडफोड सुरु गरेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले विना कुनै कारण वडाध्यक्षकै नेतृत्वमा रहेको समूहले प्रहरी पोस्टमा तोडफोड गरी क्षति पुऱ्याएको बताए । आक्रमणबाट प्रहरी चौकीअगाडि सवारी इन्ट्रीका लागि सडकमा राखिएकाे काठको बार, कुर्सीलगायतका सामग्रीमा क्षति पुगेको छ।  

पोस्टमा आक्रमण भएपछि इन्चार्ज साउद जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केही दिनअगाडि सानीभेरी गाउँपालिका– ९ सिम्लीका युवासँग वडाध्यक्षको विवाद भएको थियो । त्यो घटनालाई समेत जोडेर वडाध्यक्षले प्रहरीमाथि आक्रोश पोखेको इन्चार्ज साउदले बताए ।

चाैकी ताेडफाेडकाे खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलवाङ र प्रहरी चौकी सिम्लीको टोली घटनास्थलमा पुगेको थियो । तर, घटनास्थलमा पुग्दा अवस्था सामान्य भइसकेको र घटनामा संलग्न वडाध्यक्ष केसीको समूह भागेकाे जिल्ला प्रहरी कार्यालयबाट गएका प्रहरी निरीक्षक हरि ओलीले बताए । 

वडाध्यक्षसहित घटनामा संलग्न युवाको रातभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरूकाे खाेजीकार्य भइरहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।