१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ २१ बुधबार ०९:१७:००
Read Time : < 1 मिनेट
समाचार

टिपर दुर्घटनामा सहचालकको मृत्यु, चालक गम्भीर घाइते 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ २१ बुधबार ०९:१७:००

सर्लाहीको ईश्वरपुरमा भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित भित्री सडक खण्डमा टिपर र ट्रयाक्टर आपसमा ठोक्किँदा टिपरका सहचालक उदयपुको कटारी नगरपालिका-७ का २३ वर्षीय सुजन दनुवारको मृत्यु भएको हो । 

फलजोरबाट बयलवासतर्फ जाँदै गरेको ना.८ख ३०९३ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ना४त ४१२५ नम्बरको ट्रयाक्टर आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक दनुवारकाे स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का घाइते टिपरचालक कटारी नगरपालिका-६ निवासी २४ वर्षीय विष्णुबहादुर दनुवारको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारको लागि वीरगन्ज लगिएकाे छ।

ट्रयाक्टरचालक सर्लाहीको ईश्वरपुर नगरपालिका-६ का रामप्रसाद महरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।